म्याग्दीको बेनी नगरपालिका-७ मंगलाघाटमा अवस्थित महारानी बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभाबाट पुनःअध्यक्षमा ललित जिसी सर्वसम्मतिले निर्वाचित भएका छन्। शनिबार बेनीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षमा नवराज पौडेल, सचिव सुमन श्रेष्ठ, सहसचिव घनश्याम पौडेल, कोषाध्यक्ष हिक्मत शेरचन रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा महेन्द्र बानियाँ, भिमकुमारी पुन, राधिका सापकोटा, लालबहादुर थापा, दुर्गाराम सुबेदी र एकिन्द्र बहादुर कटुवाल रहेको निर्वाचन अधिकृत अधिबक्ता ठाकुरप्रसाद आचार्यले बताए । साधारणसभाबाट लेखा संयोजकमा दुर्गा केसी, सदस्यहरूमा विष्णुप्रसाद गौतम र तारादेवी छन्त्याललाई चयन गरिएको छ ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगर उपप्रमुख ज्योति लामिछानेले सहकारीका सञ्चालक इमान्दार भएमा सहकारीमा समस्या नआउने बताईन् । कतिपय सहकारीहरुले सदस्य तथा अन्य सेवाग्राहीले बचत गरेको रकम फिर्ता गर्न समेत नसकेको गुनासो आएको बताउँदै व्यस्थित रुपमा संचालनका लागि संचालक समिति तथा सदस्यहरु समेत गम्भिर बन्न आवश्यक रहेको बताइन् ।

 

Leave a Reply