---Advertisement---

जन्मदिनको अवसरमा विद्यालयका शिक्षकलाई पोशाक सहयोग

On: January 13, 2024 10:24 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहने एक समाजसेवीले शिक्षक, शिक्षिकालाई पोशाक, विद्यालय ट्याक, टोपी सहित करिब ८० हजार बराबरको सहयोग गरेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले शनिबार आफ्नो जन्मभूमि दानामा रहेको ज्ञानप्रकाश माविमा आयोजित कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकलाई पोशाक सहितको साम्रागी हस्तान्तरण गरी जन्मदिन मनाएका हुन् ।

विगतका बर्षमा विपन्न, आर्थिक अवस्था कमजोर भएका र विद्यार्थीलाई सहयोग गदैं जन्मदिन मनाउने गरेका तुलाचनले यसपटक शिक्षकलाई सहयोग गरेको बताए । ‘पहिलोपटक विद्यालयमा जन्मदिनको अवसरमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, हरेक जन्मदिनमा मैले रचनात्मक सहयोगलाई निरन्तरता दिन्छु’ तुलाचनले भने ।

६२ औं बसन्तमा प्रवेशमा प्रवेश गर्दा आफुँ जन्मिएको विद्यालयको भौतिक र शैक्षिक प्रगति देखेर निकै उत्साहित भएको बताउँदै शिक्षा, खेलकुद सहितका गतिविधिमा निरन्तर सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले समाजसेवी तुलाचनको जिद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा अतुलनीय योगदान रहेको बताए ।

विद्यालयको भौतिक पूर्वाधार, छात्रवृत्ती, खेलकुद लगायत विभिन्न पक्षमा समाजसेवी तुलाचनको ठूलो सहयोग समेत जुटाएको प्रअ नेपालीको भनाई छ । जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष लेप्टन बेलबहादुर पुर्जा र उच्च मावि संयोजक बाबुराम पौडेलले सञ्चालन गरेका थिए ।