म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेलाको उद्घाटन समारोहमा चर्चित लोकगायक खड्क गर्बुजाले म्याग्दी जिल्लाको लोपउन्मुख मौरीबाजामा पहिलो प्रस्तुती दिए । दोस्रो प्रस्तुतीको हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायाँलाई प्रस्तुत गरे ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मिएका खड्क गर्बुजाको गीतसंगीतमा अहिले पनि उस्तै सक्रियता छ । म्याग्दीमा ग्रामिण क्षेत्रमा आयोजना हुने मेलापर्वदेखि महोत्सवसम्म पुगेर लोपउन्मुख गीतहरू प्रस्तुत गर्ने गरेका गायक गर्बुजालाई लोक गितमा किङ’को उपनामले समेत देश–विदेशमा चिनिन्छ ।

साढे ३ दशक अगाडी म्याग्दीमा लोकभाकाका गीतमार्फत मन जित्न सफल भएका गायक गर्बुजाको सांगीतिक यात्रामा अहिले पनि यूवापुस्ताको जस्तै जोसजाँगर छ ।

स्टेशमा यूवा गायकसरह प्रस्तुती दिने गायक गर्बुजाले म्याग्दीको लोकभाकालाई अहिले पनि दर्शकमाझ पु¥याउन खेलेको भूमिकाको सधै सम्झना हुन्छ । म्याग्दी महोत्सव, माघे संक्रान्ती मेलामा गायक गर्बुजालाई हरेक बर्ष आयोजकको पहिलो सम्झना रहने गरेको छ ।

०४३ सालको एकदिन वनमा घाँस काट्न जाँदा भीरबाट लडेर गर्बुजा झन्डै सय मिटर तल खसेर लाहुरे यात्रालाई विट मारेर गायन क्षेत्रमा प्रवेश गरेका गर्बुजाले ०४६ सालतिर धौलागिरि सांस्कृतिक संगम प्रस्तुति दिन पहिलोपटक काठमाण्डौमा पुगेका थिए ।

अहिले आधुनिक गीतसंगीतमा रमाइरहेका यूवापुस्तालाई समेत गायक गर्बुजाले प्रस्तुतीमार्फत आर्कषित गर्ने गरेका छन् । म्याग्दीले मात्रै होईन धौलागिरीले नै गायक गर्बुजालाई लोकगायनको पिताको रुपमा लिने गर्दछ । ०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर औपचारिक सांगीतिक यात्रा आरम्भ गरेका गर्बुजा नेपालको पश्चिमी क्षेत्रमा प्रसिद्ध बनेको सालैजोको भण्डार मानिन्छन् । बिरामी हुदाँ मात्रै गायक गर्बुजाले सांगितिक गतिविधिबाट विश्राम पाउँछन् ।

०४७ सालदेखि अहिलेसम्म १ हजारभन्दा बढी बढी गीत रेकर्ड गरिसकेका गर्बुजाले आफूले सिर्जना गरेका, तर रेकर्ड नभएका गीतहरु अझै रहेको बताउँछन् । संघर्षका पहाडहरू छिचोल्दै वर्तमानको मैदानमा रमाइरहेका गर्बुजाले हराइसकेको माउरी बाजालाई चर्चामा ल्याउने श्रेय पनि खड्गलाई नै जान्छ । ०५४ देखि रेडियो नेपालको सांगीतिक शाखामा खड्ग शब्द–लय संकलन, गायनसँगै बाँसुरी, मादल, माउरी बाजा बजाउने गरेका थिए ।

सरल, मिलनसार र हसिला गर्बुजाले म्याग्दीको पहिचानलाई समेत चुलीमा पु¥याइदिएका छन् । उनका शब्द–शब्द र आनिबानीमा म्याग्देलीपन छचल्किने गरेको म्याग्दी काठमाण्डौ कलाकार संघकी अध्यक्ष लाली बुढाथोकीले बताईन् ।

म्याग्दीबाट काठमाण्डौमा गएका कलाकारहरूसँग समेत रमाउने गायक गर्बुजालाई म्याग्देली कलाकारले हरेक गतिविधिमा साथ र सहयोग पाउने गरेका छन् । महिला उद्यम विकास समिति म्याग्दीकी अध्यक्ष अम्बिका श्रेष्ठले लोकगायक गर्बुजालाई सम्मान सहित मेलाको पहिलो आर्कषकको रुपमा लिएको बताइन् । उनले गायन क्षेत्रमा सक्रिय हुदाँ हरेक बर्ष गायक गर्बुजालाई म्याग्दी उद्योग वाणिज्य अन्तरगत निम्तो सहित सम्मान गरिरहने बताईन् ।

Leave a Reply