म्याग्दी प्रवासी नेपाली संघ मोना मलेसियाले प्रथम मोना कप गर्ने भएको छ । चिनियाँ नयाँ बर्षको उपलक्ष्यमा आगामी माघ २७ र २८ गते हुने भलिबल कपको प्रचारप्रसारलाई तिब्रता दिइएको छ । मलेसियामा रहेका नेपालीहरू बिचको एकता र सहकार्य तथा शुभकामना आदानप्रदान गर्ने गरी प्रतियोगिताको आयोजना गरिएको मोना मलेसियाका महासचिव केशबहादुर रोका मगरले बताए ।

उनका अनुसार प्रतियोगितामा मलेसियामा रहेका नेपाली समुदायको सहभागिता रहने छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थानमा हुनेलाई क्रमश ३१ सय ११, २१ सय ११ र ११ सय ११ मलेसियन रिंगिट सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेलकुद संयोजक मनोज तिलिजाले बताए ।

भलिबलमा उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकरलाई ट्रफीले सम्मान गरिने छ । मोना मलेसियाका अध्यक्ष पूर्णप्रसाद रोका मगरले मलेसियामा रहेका म्याग्देलीको दुखसुखमा सक्रिय रहेको संस्थाले खेलकुदमार्फत नेपाली समुदाय बिच जमघटको प्रयास गरेको बताए ।

उनले मलेसियामा रहेका नेपालीलाई प्रतियोगिताको अवलोकन तथा आर्थिक, भौतिक र नैतिक सहयोगको अपिल समेत गरेका छन् । मोना कपको अवसरमा अन्य रचनात्मक खेलकुद गतिविधि समेत हुने जनाइएको छ । मोना कपका लागि मलेसियामा रहेका विभिन्न नेपाली संघसंस्थालाई पत्रचार समेत गरिएको छ। प्रतियोगिताको अफिसियल मिडिया बेनीअनलान रहेको छ ।

Leave a Reply