म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा अवस्थित ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा पुष २९ अर्थात आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।

कम्पनीले १ :२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply