अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघको दोस्रो बार्षिक साधारणसभा

On: January 15, 2024 10:14 AM
Follow Us:

म्याग्दीका मोवाइल ब्यवसायीले चोरीका मोबाइल नियन्त्रण गर्न प्रहरीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघको दोस्रो बार्षिक साधारणसभाको अवसरमा म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीमा आवद्ध रहेका ब्यवसायीले मोवाइल हराएको सूचना आफ्नो सामाजिक सञ्जालमार्फत सबै ब्यवसायीलाई पठाएर जफत सहितका अयिभानलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

संघको साधारणसभामा पछिल्लो समयमा बढ्दै गएको मोवाइल चोरी नियन्त्रण गर्न र त्यस्ता मोबाइल प्रयोगलाई निरुत्साहित गर्न संघमार्फत समेत प्रभावकारी योजना सहित अगाडी बढ्ने बताइएको थियो । संघका अध्यक्ष हेमन श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गदैं ब्यवसायीको एकता र सहकार्य आवश्यक रहेको बताएका थिए ।

उनले संघमा आवद्ध भएका ब्यवसायीको समस्या, आवश्यकता र विभिन्न सामाजिक कार्यमा जोडिएको बताउँदै भविस्यमा थप रचनात्मक कार्य गर्ने बताए । साधारणसभामा सचिव विनोद सुबेदीले प्रगति, कोषाध्यक्ष रामकृष्ण सुबेदीले प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा म्याग्दी मोवाइल एण्ड एशोसियसनका अध्यक्ष नवराज सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । म्याग्दी जिल्लमा रहेको मोवाइल तथा इलेक्ट्रिक्स ब्यवसायीको साझा संस्था संघले ब्यवसायसँगै बिपन्न परिवारलाई खाद्यान्न र शैक्षिक साम्रागी, उपचारमा सहयोग लगायतका कार्यहरु गरेको छ ।