---Advertisement---

सांसदहरूको गुनासो: देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भइरहेको

By नागरिक
On: January 16, 2024 2:51 PM
Follow Us:

सांसदहरूले देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भइरहेको गुनासो गरेका छन्।

मङ्गलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सो कुरा बताएका हुन्।

उनीहरूले सात वटा प्रदेशमा मिर्गौला, मुटु लगायतका रोगको उपचार हुनुपर्ने पनि माग गरेका छन्। त्यस्तै डनइलासिस निःशुल्क भए पनि पालो पाउन कठिनाइ भएको उनीहरूको भनाइ छ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रीय अस्पतालमै १६ हजार दरबन्दी आवश्यक रहेको बताए।

नागरिक