म्याग्दीका स्थानीय तहले औषधि पसललाई नियमित अनुगमनमा हेल्चेक्राई गर्दा चिकित्सकको परामर्श विनै एन्टिबायोटिक दिदाँ सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरेका छन् ।

सहरी तथा ग्रामिण क्षेत्रमा रहेका कानुनी प्रक्रिया समेत पूरा नगरी सञ्चालित तथा मापदण्ड विपरितको उपकरण जडान गरेका क्लिनिकले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हाइडोजको औषधी भिराउने गरेको पाइएपनि स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायहरूको नजर पुग्न सकेको छैन् ।

साधारण शरीर दुखाइ,रुघाखोकी, घाटी खस्खसाउने,भाइरसले हुने संक्रमणको बेला समेत औषधि पसलमा पुगेर बिना चेकजाँच एन्टिबायोटिक औषधिको प्रयोग गर्ने बिरामीमा जटिल समस्या देखिन थालेको छ ।

बेनी अस्पतालमा भेटिएका एक बिरामीले ज्यरो निको पार्न नियमित एन्टिबायोटिक सेवन गर्ने गरेको अवस्थामा कम डोजको औषधिले काम नगरेपछि चेकजाँच गर्न आएको बताए । बेनी अस्पतालकै डायलासिस सेन्टरमा भेटिएका एक मृगौला पीडितले समेत औषधिको प्रयोगमा ध्यान नदिदाँ मृगौला गुमेको बताए ।

म्याग्दीका ग्रामिण तथा सहरी क्षेत्रमा सञ्चालित क्लिनिक,फार्मेसीले बिरामीलाई आर्कषित गर्न सामान्य अवस्थामा समेत छिटै निको हुने भन्दै कडा जोडको औषधि दिदाँ दिर्घरोगीको संख्या बढेको बेनी अस्पतालका चिकित्सकको भनाई छ ।

‘चिकित्सकाअनुसार सही मात्रामा र आवश्यकताबमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकको सदुपयोग हुन्छ’ बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट अञ्जु थापाले बताईन् । उनले बिरामीहरू एकपटक औषधि पसलले दिएको औषधीको विवरण अनुसार शरीरमा उस्तै लक्षण भएको समस्या देखिएमा चिकित्सकको परामर्श विना औषधी सेवन गर्ने गरेको समेत भेटिएको बताईन् ।

‘जथाभावी उपचार पद्धति अपनाउने गरेको देखिएको छ, सामान्य बिरामीले प्रयोग गरेको पाइएकाले अव सचेतनामुलक कार्यक्रम आवश्यक पर्छ’ डा। थापाले भनिन् । चिकित्सकको अनुमतिबिना कडा खालका एन्टिवायोटिक औषधि बिक्री गर्न नमिल्ने बताईन्। चिकित्सकको सिफारिस बिनै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिवायोटिक औषधि प्रयोग गर्दा जटिल समस्या देखिदाँ समेत बिरामीको उपचार गर्न कठिन हुने गरेको छ ।

सामान्य अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले जटिल रोग देखिएमा औाषधीले समेत काम गर्न छाड्नुका साथै थप समस्या समेत देखिन थालेको छ । एन्टिबायोटिक जनचेतनामूलक सप्ताह नेपालमा समेत मनाउने गरिएको भएपनि म्याग्दीमा भने स्वास्थ्य क्षेत्रका जानकारहरू, स्थानीय तहका स्वास्थ्य शाखा तथा सरोकारवाला निकाय समेत बेखबर छन् ।

बेनी नगरपालिका सहित पाँचवटै स्थानीय तहमा दर्ता विना सञ्चालित औषधि पसलका बारेमा पटकपटक समाचार आउँदा समेत जनप्रतिनिधिको नजरमा पर्न सकेको छैन् । जनप्रतिनिधिले आफ्नै आफन्त समेत अनुगमनको घेराभित्र पर्न सक्ने भन्दै जनस्तरबाट अनुगमनको दवावलाई समेत टेरेका छैनन् ।

औषधि पसलले बिरामीलाई एन्टिबायोटिक सिफारिस गर्दा कम्पनीको नाम समेत लेख्न नसक्ने अवस्थामा बिरामीहरू पहिले प्रयोग गरिरहेको औषधिको खोल बोकेर आउने गरेको बेनी अस्पतालका चिकित्सक बताउँछन् । म्याग्दीमा जथाभावी रुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा मुटु,मृगौला, फोक्सोमा समस्या देखिएका जटिल बिरामीहरूको संख्या समेत हरेक बर्ष उकालो लागेको छ । बेनी अस्पतालको डायलासिस सेन्टरमा मृगौला रोगीले पालो पाउन नसक्ने गरी चाप बढेको छ ।

एन्टिबायोटिक औषधिका बारेमा बिरामी नै सचेत नहुँदा र स्वास्थ्यकर्मी र चिकित्सकले पनि आवश्यक नै नभएको बिरामीलाई एन्टिबायोटिक लेख्दिने गर्दा दुरुपयोग बढी रहेको र जसले गर्दा एन्टिबायोटिकले काम गर्न छोडिरहेको भन्दै अनुगमनमा आउनेले समेत चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

पेट, छाती, मुटु, सुगर तथा थाइराइडका धेरैजसो बिरामीहरू एन्टिबायोटिक औषधिको गलत प्रयोगमा फसेका देखिन्छ । बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए। ऐनको बर्खिलाप गर्नेलाई तीन वर्ष कैद अथवा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

Leave a Reply