म्याग्दीको मंगला गाउँपालिका-२,सिमलचौरमा अवस्थित प्रभात आधारभुुत विद्यालयमा एक परिवारले स्वर्गीय माताको स्मृतिमा बाल विकास कक्षा कोठा निर्माण गरिएको छ ।

विद्यालयका पुर्व प्रधानध्यापक गणेशबहादुर बानियाँबाट स्वर्गीय पम्फादेवी बानियाँको स्मृतिमा १ लाख ५९ हजार ९९५लागतमा कक्षा कोठा र ७५ हजारको स्मृति कोष सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक घम्बर बहादुर बानियाँले बताउनुभयो । विद्यालयको ५३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कोष स्थापना तथा बालविकास कक्ष निर्माण गरेका पूर्व प्रअ बानियाँ र परिवारलाई सम्मान समेत गरिएको थियो।

विद्यालयको शैक्षिक गतिविधिमा अतुलनीय योगदान पुर्याउनुभएका पुर्व प्रअ बानियाँले बालविकासका बालबालिकालाई सहज पठनपाठन तथा नियमित शैक्षिक गतिविधिका लागि अक्षय कोष स्थापना गरिएको बताउनुभयो ।सोही अवसरमा मंगला–२ नेवारेका ललितबहादुर खड्काले आफ्नो स्वर्गीय पिता तर्कबहादुर खड्काको स्मृतिमा ९६ हजार २७५को अक्षय कोष स्थापना गर्नुभएको छ ।

त्यस्तै सिमलचौर सामुदायिक बनले निजी शिक्षकको तलबसुविधाका लागि २५ हजार र अभिभावक विष्णु् केसीबाट बाल विकासमा अध्ययनरत विद्यार्थीलाई एक दर्जन कचौरा र चम्चा सहित नगद सहयोग गर्नुभएको छ । विब्यस अध्यक्ष दिर्घबहादुर खड्काको अध्यक्षता, शिक्षक सिताकुमारी अधिकारीको सञ्चालन, प्रअ घम्बर बहादुर बानियाँको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

 

Leave a Reply