दशौं माघे सङ्क्रान्ति मेलाको अवसरमा आयोजित जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि संगीतकर्मी संघ म्याग्दीले हात पारेको छ । बेनीको खुल्ला मञ्चमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगितामा रघुगंगा गाउँपालिकालाई उपविजेतामा सिमित गदैं उपाधी जितेको हो ।

प्रतियोगितामा संगीतकर्मी संघमा मिलन कार्की, नविन पौडेल र हिरा बस्याल र रघुगंगातर्फ निशा भण्डारी र प्रकाश सुनारको फाइनल प्रतिस्पर्धा निकै रोचक थियो। विजेता र उपविजतालाई क्रमश ३० हजार, २० हजार, ट्रफी र प्रमाण्पात्रले सम्मान गरिएको थियो ।

दशौं माघे सङ्क्रान्ति मेला समापन कार्यक्रमको अवसरमा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, गण्डकी प्रदेश सदस्य हरि भण्डारी, बिमला गौचन, जिसस प्रमुख राजकुमार थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डल संयोजक कृष्ण जिसी, प्रकाश पौडेल र नकुल ढकाल रहनुभएको थियो ।

प्रतियोगितामा १० टिम सहभागिको सहभागिता रहेकोमा सहभागी ८ टिमलाई ३ हजार र सहभागी प्रमाणपत्र समेत उपलब्ध गराइएको कार्यक्रम सञ्चालक अमित विश्वकर्माले बताउनुभयो । यसैबीच आमा समुह बिचको प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ मंगलाघाटस्थित मंगला आमा समुह प्रथम भएको छ भने बेनपा–६ जामुनाखर्क आमा समुह द्धितिय भएको छ ।

विजेताले क्रमश १० हजार र ६ हजार नगद प्राप्त गरेको महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला बुधबार समापन भएको छ ।

Leave a Reply