शसस्त्र प्रहरी क्लब सहभागी हरेक खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीको अग्रपंक्तिमा पर्छिन निरुता ठगुन्ना । शसस्त्र प्रहरी क्लबको विभागीय टोलीकी ठगुन्नाभलिबल खेलबाटै आफ्नो क्षमता, दक्षता र सम्भावनालाई बढाउन सफल भएकी उदीयमान खेलाडी हुन ।

विभागीय टोलीबाट उपाधी चुम्ने अधिकांस खेलमा ओपन स्पाइकर ठगुन्नाको भूमिका निर्णायक हुन्छ । उनको खेलकै कारण पछिल्लो समय आर्मीले महिला भलिबलमा गर्विलो प्रदर्शन गर्दै आएको छ। सानै उमेरदेखि विद्यालयका पुरुष सहपाठीले खेलेको देखेरे भलिबल खेलमा आकर्षित भएकी निरुता ९ कक्षा पढ्दै गर्दा ठगुन्नाले पहिलोपटक भलिबल खेल्ने अवसर पाइन ।

https://www.facebook.com/photo?fbid=871878908062184&set=pcb.871878978062177

विद्यालयबाट राष्ट्रपति रनिङ सिल्डमा छनौट भएपछि उनको चर्चा दार्चुलामा मात्रै सिमित भएन पूरै सुदूरपश्चिमाञ्चलमै चर्चा हुन थाल्यो । सुदूरपश्चिमाञ्चलस्तरीय प्रतियोगितामा पनि निरुताले उत्कृष्ट प्रर्दशन गरेपछि विभागीय टोलीको नजरमा परिन् । पहिला त्रिभुवन आर्मी क्लवमा आवद्ध भएकी निरुता अहिले एपिएफ क्लवमा छिन् । सर्भिस, ब्लक, स्पाइक तीनै कुरामा निरुता बलियो रहेकी निरुताले जस्तोसुकै बल आए पनि सट् हान्न सक्छिन् ।

अनुशासित र खेलप्रतिको सर्मपणले नै निरुतालाई यो उचाईसम्म पुर्याएको छ । भलिबल खेलमा दर्जनौ सम्मान पाएकी निरुता एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयनमा परेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको पिपल्स च्वाइस विधामा तीन महिला खेलाडी भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठसहित पाँच जनाको मनोनयन सार्वजनिक गरेको हो।

२० औं संस्करणमा पिपल्स च्वाइस विधाका मनोनयन सार्वजनिक गरेको थियो। यस पटक आगामी माघ २८ गते पल्सर स्पोटर्स अवार्ड २०७९ हुँदै छ। खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ। काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन्।

उनले यसपटक पिपल्स च्वाइस विधामा आफुँलाई भोटिङ गरी सहयोग गर्न अपिल समेत गरेकी छन् । गतबर्ष महिला राष्ट्रिय भलिबल खेलको सिलसिलामा म्याग्दीमा आएकी निरुताको खेलबाट म्याग्देली दर्शकको समेत मन जित्न सफल भएकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका भलिबल खेलका प्रेमीलाई भोटिङ गरी सहयोग गर्न अनुरोध गरेकी छन् ।

यता म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतिभाशाली खेलाडी निरुतालाई म्याग्देलीले समेत भोटिङ गरी जिताउने अभियान सञ्चालन गर्ने बताए । उनले भलिबल खेलमा निरुताको उत्कृष्ट प्रर्दशनीले नै महिलाहरु भलिबल खेलप्रति आर्कषित भइरहेको बताए । भोटिङका लागि इ–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सन्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ। भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन्।

तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्राली, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन्।

Leave a Reply