अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल

On: January 18, 2024 11:37 AM
Follow Us:
---Advertisement---

सरकारले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई केन्द्रकाे कार्यकारी निर्देशकमा नियुक्त गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको उहाँले बताउनुभयाे ।

बैठकले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६ रुकुम पश्चिमका किरणबाबु पुनलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न पनि स्वीकृति दिएको छ ।