जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने ब्यवस्थालाई सहज बनाएको छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्न झन्झटिलो,फाराम भर्दा शुल्क तिर्नुपर्ने अवस्थामा प्रशासनले निःशुल्क रुपमा अनलाइन फाराम भरिदिने ब्यवस्था मिलाएको हो ।

बिहिबारदेखि सुरु गरिएको सेवा मार्फत अनलाइन फाराम भर्ने पहिलो सेवाग्राही बेनी नगरपालिका–२ गौश्वराकी सपना केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खादा लगाएर स्वागत गरे । कार्यालयबाट नै सेवा सुरु भएपछि अबदेखि सेवाग्राहीले बाहिर शुल्क तिरेर अनलाइन फाराम भर्नुपर्ने बाध्यता हटेको उनले बताए ।

राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले आफुँलाई पायक पर्ने स्थानमा फराम भरेर वा घरमै समेत विवरण पूरा हुने गरी भरे पनि मान्यता भने हुने प्रअिज ढकालको भनाई छ । यसअगाडी जिल्लाका सबै वडामा समेत टोली पुगेर राष्ट्रिय परिचयको फारम भर्ने काम गरिएको थियो।

Leave a Reply