म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रम बिहिबारदेखि सुरु गरिएको छ ।

अपाङ्ता भएकाहरू विविध समस्याका कारण परिचयपत्र लिनबाट बन्चित भएको अवस्थामा वडास्तरमा पुगेर सेवा दिने गाउँपालिका उपाध्यक्ष दिवा पुनले बताउनुभयो ।

गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले बिहिबार पोखरेबगरमा आयोजना गरेको घुम्ती शिविरमा
पूर्ण अशक्त अपाङ्गता (क) भएका ५ जनालाई, अति अशक्त अपाङ्गता (ख)को ९ जना र मध्यम अपाङ्गता (ग) ६ गरी २० जनालाई परिचयपत्र दिइएको छ ।

परिचयत्रमा पूर्ण, अति, मध्यम र सासाधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण गरिन्छ । उक्त शिविरमा नाम दर्ता भएकोमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो ।  वडा नं १ देखि ६ वडासम्म परिचयपत्र वितरण गरिएको छ।

शिविरको पहिलो दिन वितरण गरिएको वडामा छुटेकालाई चिकित्सक सहितको टोलीले अर्को कार्यतालिका बनाएर समेत वितरण गरिने छ गाउँपालिकाले शुक्रबार हिस्तान र शनिबार राम्चेमा शिविरमार्फत परिचयपत्र वितरण गर्ने  गाउँपालिकाले जनाएको छ । शिविरमा चिकित्सकले मेडिकल चेकजाँच गरेपछि सिफारिस गरेको आधारमा परिचयपत्र वितरण गरिन्छ ।

Leave a Reply