---Advertisement---

म्याग्दीमा सर्वाधिक धनराशीको प्रथम बिक्कु फेमिली कप माघ १६ गतेदेखि

On: January 19, 2024 10:59 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जिल्लाकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघे संक्रान्तीको अवसर पारी जलजला गाउँपालिका–३ मल्लाजचोक, पर्वत बेनीस्थित बिक्कु फेमिलीको आयोजना तथा न्यु दोभान युथ क्लब, बेनीको सह–आयोजनामा आउँदो माघ १६ देखि २० गतेसम्म प्रथम बिक्कु फेमिली कप सेभेन ‘ए’साईड फुटबल प्रतियोगिता हुने भएको हो । बेनीबजार स्थित खुला मञ्च मैदानमा हुने प्रतियोगिताको माघ १५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।

साथै टिमदर्ता शुल्क ९ हजार र धरौटी वापत प्रन्ध सय गरी कुल १० हजार ५ सय कायम गरिएको छ । पर्वत बेनीका यूवाहरुको सक्रियतामा स्थापना भएपनि बेनीबजार तथा आसपासका क्षेत्रमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रमहरु समेत गदैं आइरहेको बिक्कु फेमिलीले म्याग्दीमा हालसम्म सञ्चालित फुटबल प्रतियोगितामध्ये सबैभन्दा ठूलो धनराशी राखेर आयोजना गरेको क्लबका अध्यक्ष सफल बुढाथोकीले बताए ।

उनका अनुसार प्रतियोगिताबाट बचत भएको आर्थिक विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्ने बताए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ४० हजार हात पार्नेछ भने उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक पुरन छन्त्यालले जानकारी दिए ।

त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र हात पार्नेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ४ हजार ४४४ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा अनुशासित टोलीलाई ८ हजार ८८८ रुपैयाँ ँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लवका कोषाध्यक्ष सुजल बिक्रम मल्लले बताए । प्रतियोगिता अगाडी खुल्लामञ्च सरसफाई सहित प्रचारप्रसारलाई तिब्रता दिइएको बिक्कु फेमिलीले जनाएको छ ।