एकल महिला समाजको लागि बलियो शक्ती भएको शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र बेनी म्याग्दीले आयोजना गरेको दुईदिने उत्पेरणामूलक नेतृत्व एवम् ब्यक्तित्व विकास सम्बन्धि दुईदिने तालिममा सहभागी एकल महिलाले अझैपनि सन्तानको भविष्य, समाजको अपहेलनासँग लड्नु परिरहेको गुनासो गरेका थिए ।

समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनलेपहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । आफ्नो जीवनसाथी गुमाँएपछि जीवनमा भोग्नुपरेको दिर्घकालिन संघर्षसँगै सामाजिक अपहेलनाको सामना गर्ने एकल महिलालाई तीनै तहको सरकारले उचित बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले नगरपालिकाले एकल महिलालाई आयर्आजनसँग जोड्ने गरी विभिन्न सीपमुलक तालिमलाई प्राथमिकता दिइएको बताउनुभयो । संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आउनुभएका एकल महिलालाई समाजमा हरेक क्षेत्रबाट साथ र सहयोग दिएर सधै हाँस्ने वातावरण बनाउनुपर्नेम बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले सन्तान र समाजमा लागि एकल महिलाले गरेको योगदानको सम्मान गदैं स्थानीय तहले आय–आर्जनसँग जोड्ने कार्यक्रमहरु नियमित उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
दुई दिने तालिमको प्रशिक्षक नरमायाँ रसाइलीमहिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो र कागजमा मात्रैै सिमित भएको बताउनुभयो ।

तालिमको समापन कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष देवी केसी, सहभागीको तर्फबाट अमिता खत्री र सञ्चालन सचिव हिरा उपाध्यायले गर्नुभएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । यसैबिच एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीकी रिक्त रहेको विभिन्न पदमा चयन गरिएको छ । केन्द्रको सहसचिवमा अमिता खत्री, सहकोषाध्यक्ष सोनी शर्मा र सदस्यहरूमा सदस्यहरुमा तुलसी घर्ती, लोकमायाँ रोका, थममायाँ खत्री, लक्ष्मी केसी, लिला चोखाल रहेको केन्द्रले जनाएको छ ।

 

Leave a Reply