---Advertisement---

पञ्चेबाजामा चर्चा बटुल्दै म्याग्दीका राम गगन

On: January 20, 2024 3:37 PM
Follow Us:

लोकप्रिय यूवा गायक राम गगनको ‘मौलिक पञ्चेबाजा गीत ‘बाग्लुङ तमाना’गीत बजारमा आएको छ । गायक गगनको शब्द तथा संगीत रहेको छ। गीतमा चर्चित गायिका शान्ती श्री परियार र गायक राम गगनको स्वरमा रहेको छ । गीतको भिडियोमा वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा तथा निर्देशन रहेको भिडियोमा बुद्व थापाको छायांकन रहेको छ ।

गीतमा बागलुङको तमाना र म्याग्दीको बेनी बगरलाई राष्ट्रिय स्तरमा चिनाउन बाग्लुङ र म्याग्दीको विभिन्न ठाउँलाई शब्दबाट वर्णन गरिएको छ । गीतको भिडियो राम गगन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । मौलिका,संगीतप्रेमीको प्रसस्तै माया पाउने आशा गरेको छु’ गायक गगनले भने । नयाँ गीतमा एक दिनमा २३ हजारले हरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका राम गगनले मायाँ पिरती, मिलनबिछोड, यूवापुस्ताको बाध्यता, रोजगारीको खोजीमा विदेशीएको यूवालाई लक्षित गरी गीत पस्किने गरेका छन् । म्याग्दीबाट गीतसंगीतको क्षेत्रमा देखेको सपना पूरा गर्न काठमाण्डौ पुगेका राम गगनका गीत स्रोताले रुचाउने गरेका छन् । कलिलै उमेरमा गितसंगीतमा सक्रिय रहेका गगन अहिले काठमाण्डौमा दैनिक विभिन्न सांगितिका कार्यक्रममा ब्यस्त छन् ।

‘उसले धोका दिएको नभन्नु अरुले जे भनेपनी’ वियोगान्त गीतमा आफ्नो स्वर दिएर ब्यवसायीक रुपमै गायनमा प्रवेश गरेका गगनले ‘हेर्दामा राम्रो बेनीको बजार’,‘घर छोड्दाको रात’, जिन्दगी,‘जाम भो साइली’, ‘संक्रान्ती मेलामा’,‘डिभोर्स’,‘पश्चिम हिडियो’, फेसबुक सहित लोकदोहोरी, सालैजो, मौलिका भाका लगाएतमा ३ दर्जनभन्दा बढी आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएका छन् । ‘हेर्दा राम्रो बेनीको बजार, बेनीको बजार मन पर्ने हजार’ नाम सालैजो गीतबाट लोकप्रियता कमाएका थिए ।

चर्चित लोकगायक खड्ग गर्बुजाको प्रेरणाबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकोे गगनले काठमाण्डौमा प्रवेश गरेपछि करिब ७ महिना होटलमा विताए । कमजोर घरायसी अवस्थाका कारण गायन क्षेत्रभन्दा बैदेशिक रोजगारीको तयारीमा समेत जुटेका राम गगनले गीतसंगीतबाट म्याग्दीलाई चिनाउन दोहोरी साँझमा प्रवेश गरे । उनले दोहोरी साँझबाट भएको कमाइले आफ्नो रचनाका गीतहरुमा लगानी गरी गायन क्षेत्रमै सक्रिय भए ।

गामबेसी दोहोरी साँझ काठमाण्डौका गायक गगन अहिले मेलामहोत्सवमा समेत ब्यस्त छन् । गायनको क्षेत्रमा मलेसिया, बहराइनमा समेत पुगेका गायक गगन म्याग्दीमा मेलापर्वमा धेरै बोलाउने गायकको रुपमा पर्छन् । म्याग्दी कलाकार संघ काठमाण्डौका महासचिव समेत रहेका राम गगनले काठमाण्डौमा रहेका म्याग्देली कालकारहरुसँग समेत राम्रो सम्बन्ध स्थापित गरेका छन् ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।