पर्वत जलजला गाउँपालिका–४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी रसिला दमाइको अप्रेसनका लागि आवश्यक पर्ने खर्च जुटेको छ ।

गएको पुस २० गते लामाखेत नजिकै भिरमा घाँस काटिरहेको बेला अचानक भिर बाट लडेर गम्भीर घाईते भएपछि उपचारमा आर्थिक समस्या भएपछि बेनी नगरपालिका–१ रत्नेचौर अर्जम घर भई हाल क्रोएसियामा रहेका आशिष परियारको नेतृत्वमा संकलन भएको ८२ हजार ६५० रुपैयाँ आइतबार बिरामीलाई हस्तान्तरण गरिएको छ ।

जलजला गाउँपालिका धाइरिङका यूवा साजन परियारले गण्डकी मेडिकल कलेजमा पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गदैं यूवा परियारले अब अप्रेसन सहित उपचारका प्रक्रिया सुरु भएको बताए । उनले थप औषधी उपचार सहितका खर्चका बारेमा सहयोगदाताले सहयोग गर्न सक्ने बताए ।

Adv

आर्थिक अभावकै कारण अस्पतालमा छटपटाइरहेको समाचार पहिलोपटक बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि सुरु भएको आर्थिक संकलन अभियान सुरु भएको थियो। भिरबाट लडेर अचेत भएकी रसिलाको आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो ।

रसिलाको उपचारका लागि पत्रकार सुरेश हमालले समेत आर्थिक संकलन जुटाइरहेका छन् । गण्डकी मेडिकल कलेजको बेड नं २७ मा उपचारार्थ रसिलाको मेरुदण्डसँगै घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ ।धन कमाउन भारत पुगेरका श्रीमानको मेसिनले हातमा चोट लागेपछि अहिले रसिलालाई श्रीमान, घरमा रहेका दुई कलिला छोराछोरीको चिन्ताले समेत सताइरहेको छ ।

उनले आफ्नो उपचारका लागि सहयोग जुटाउने सबैलाई धन्यवाद दिदैं उपचारबाट निको भएपछि नियमित काममा फर्किएर छोराछोरीलाई काम गरेर खर्च जुटाउने बताईन् ।रसिलाले सहयोग गर्नेलाई जिवनभर नबिर्सिने बताइन् ।

रसिलाको उपचारमा करिब ३ लाख खर्च हुने अनुमान गरिएकोमा आशिष परियार र सुरेश हमाल सहितका सहयोगदाताले उक्त सहयोग जुटाएपछि सहज उपचारमा अव समस्या नभएको बताइएको छ ।

Leave a Reply