भारतमा पठाइएको देबशिला उत्खनन् गरिएको बेनी नगरपालिकाको बेनी–गलेश्वर खण्डस्थित कालिगण्डकी नदीमा आज सवा लाख दियो बालिने भएको छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने भएकाले बेनी नगरपालिका, गलेश्वर क्षेत्र विकास कोष, विश्व हिन्दु महासंघ, बाह्मण समाज लगायतका संघसंस्थाबाट सवा लाख दियो बाल्ने कार्यक्रम रहेको छ ।

दुईवटा शिला उत्खनन् गरिएका स्थानलाई श्री रामघाट समेत नामाकरण गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

उक्त कार्यक्रममा हिमालयन बाबाको विषेश उपस्थिती हुने छ । राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष पूजा समेत हुने छ । उक्त स्थानमा आज उत्सवको रुपमा मनाउने योजना रहेको छ । बेनी नगरपालिकालाई विभिन्न संघसंस्थाले शिला उत्खनन् गरेको स्थानमा भौतिक संरचना बनाउन समेत सहयोगको प्रस्ताव गरेको समेत मेयर केसीको भनाई छ ।

Leave a Reply