म्याग्दीको बेनी नगरपालिकास्थित कालिगण्डकी नदीमा भब्य समारोहक बिच सवालाख दियो बालिने भएको छ ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने भएकाले बेनी नगरपालिका, गलेश्वर क्षेत्र विकास कोष लगायतका संघसंस्थाको उपस्थितीमा गलेश्वरधाम मन्दिर र कालिगण्डकी नदीमा पूजाआजा सहित कार्यक्रम गरिएको हो ।

दुईवटा शिला उत्खनन् गरिएका स्थानलाई श्री रामघाट समेत नामाकरण गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । कार्यक्रममा जगत गुरु श्री हिमालयन बाबा सहित जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, धार्मिक क्षेत्रका जानकारहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply