बेनी नगरपालिकास्थित गलेश्वरधाम क्षेत्रमा अवस्थित भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थलमा दिप प्रज्वलन गरिएको छ । अयोध्यामा पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा मुर्तिको प्राण प्रतिष्ठा र उद्घाटन भएको खुसीयालीमा म्याग्दीको सदरमुकाम बेनीमा शोभायात्रा र दिप प्रज्वलन सहित भब्य स्वागत गरिएको छ ।

राममन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मुर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरा स्थित कालिगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो ।

देवशिला अयोध्याय पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस भनेर क्षमापुजा सहित लाखबत्ती बालिएको र आजकै दिन उक्त स्थानलाई श्री रामघाट समेत नामाकरण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुहरुको तर्कपछि अयोध्यायको मन्दिर परिसरमा पुजाआजाका लागि संरक्षण गरेर राखिएको जानकारी आएको छ।

मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तिर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । हिन्दु धर्मगुरु हिमालय बाबाले पौलत्स्य र जडभरत ऋषिको तपस्या स्थल एवम् कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गम स्थलको धार्मिक हिसाबले धेरै महत्व रहेको बताउनुभयो ।शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतिक भएको धार्मिक जानकारहरु बताउँछन् ।

Leave a Reply