---Advertisement---

म्याग्दी जेसीजको २५ औं पदस्थापना, अध्यक्षमा दिनेश बानियाँ

On: January 22, 2024 7:36 PM
Follow Us:

म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । शाखाको बर्ष २०२४ का लागि अध्यक्ष दिनेश बानियाँको नेतृत्वको कार्यसमितिले २५ औ पदस्थापन गरेको हो ।

पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेलले सीप र सक्रियता भएमा नेपालभित्रै रोजगारीको अवसर रहेको बताउँदै यूवाहरु रचनात्मक कार्यमा सक्रिय हुदैं आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले यूवाले समाजमा सन्देश प्रवाह गर्ने कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल जेसीजबाट म्याग्दी जेसीजका लागि निरुपति उपाध्यक्ष अमर घिमिरे, निरुपतिी कार्यकारी उपाध्यक्ष अनुप सुनुवारले म्याग्दी जेसीजको सक्रियता लोभालाग्दो रहेको बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने जेसीजको अभियान सकरात्मक भएकाले ग्रामिण क्षेत्रका यूवाहरुलाई समेत जोड्नुपर्ने बताए ।

सोही अवसरमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् ‘ख’ सम्मेलनका संयोजक सुविन श्रेष्ठले आफ्नो नेतृत्वमा भएको सम्मेलनलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिए । सन् २०२३ का शाखा अध्यक्ष सुमन बानियाँले नवनिर्वाचित अध्यक्षमा निर्वाचित दिनेश बानियाँलाई जेसीज माला लगाउदै पद तथा गोपनियताको सपथ गराएका थिए ।

नवनिर्वाचत कार्यसमितिमा निवर्तमान अध्यक्षःसुमन बानियाँ, कानूनी सल्लाहकार कुमार बानियाँ वरिष्ठ कार्यकारिणी उपाध्यक्ष दिनेशकुमार विश्वकर्मा,कार्यकारिणी उपाध्यक्ष अमीर श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष कृष्णप्रसाद पौडेल,महासचिव सज्जन श्रेष्ठ, कोषाध्यक्ष विनोद घर्ती, शाखा सम्पादक अनिल पौडेल,सह-सचिव पवित्रा खत्री,सह-कोषाध्यक्ष नवीन पौडेल,उपाध्यक्ष देविन्द्र घिमिरे,उपाध्यक्ष विशाल खत्री,उपाध्यक्ष गोकुल सुनार, उपाध्यक्ष गोकुल विश्वकर्मा, तालिम संयोजक धनमाया श्रेष्ठ, प्रकरण निर्देशक मदन खत्री, अर्थबृद्धी संयोजक गणेश सुवेदी, सदस्यता वृद्धि संयोजक सुस्मिता बिश्वकर्मा, प्रमुख सन्चालक समीती सल्लाहकार सन्दिप खत्री रहेका छन् ।

त्यस्तै निर्वतमान कार्यसमितिमा रहेर काम गर्नेलाई पुरस्कार वितरण तथा विभिन्न कोषबाट सम्मान गरिएको थियो । पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ लगायत पूर्वअध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

म्याग्दी जेसिजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, पर्यटन प्रर्वधन सहित सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।