विश्व हिन्दु महासंघ म्याग्दीले साहप्ताहिक रुपमा बाचन गर्ने हिन्दू धर्मको मुख्य आधार मानिने पुराण र बेदको सोमबार पूजाआजा सहित शुभारम्भ गरेको छ । हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरूको संरक्षणको अभियानमा सक्रिय रहेको महासंघले खुल्लामञ्चस्थित भगवती मन्दिर परिसरमा सोमबार विशेष पूजा गरी १८ पुराण, १८ उपपुराण र ४ बेदको बाचन गरेको विश्व हिन्दु महासंघ म्याग्दीमा अध्यक्ष डण्डपाणि उपाध्यायले बताउनुभयो ।

‘सोमबार सुरुवात गरिएको छ, हरेक शनिबार करिब डेढ घण्टा बाचन हुन्छ, सबै जातजातिलाई पनि निम्तो दिएका छौ,सबै धर्मको सम्मान गदैं ज्ञानका भण्डार मानिने बेद र पुराण बाचन सुरु गरिएको छ’अध्यक्ष उपाध्यायले भन्नुभयो ।

शुभारम्भको अवसरमा बाचन गदैं पण्डित निलकण्ड आचार्यले सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि बेद भएकाले यो अभियान उत्कृष्ट भएको बताउनुभयो । देवता, तीर्थ, व्रत साहित्यिक र दार्शनिक चिन्तन, भौगोलिक र ऐतिहासिक वर्णन, अवतार वर्णन, स्वर्गनरकको स्थिति, वर्णाश्रम धर्म, याज्ञिक लगायतका विषयबस्तुका बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउनुपर्ने पण्डित आचार्यको भनाई छ ।

महापुराण र उपपुराण १८÷१८ गरी ३६ पुराणको गणना गरिए पनि हाल महापुराणलाई नै बढी ग्रहण गर्ने गरिएको छ । हरेक शनिबार बाचनसँगै हिन्दु धर्ममा आस्था राख्ने विद्यार्थी सहित विभिन्न संघसंस्थालाई समेत अभियानमा जोडिन अपिल गर्ने रवडास्तरमा धार्मिक अभियान सञ्चालन गर्ने विश्व हिन्दु महासंघ म्याग्दीले जनाएको छ ।

Leave a Reply