राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

जलजला गापा वडा नं ५ लेखफाँट र वडा नं ६ सालिजामा ४ सय ११ जना बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणसँगै समुदायस्तरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बेनी शाखा प्रबन्धक नवराज ढुंगानाले बताउनुभयो । ‘वित्तिय सेवासँगै समुदायमा पुगेर बैंकिङ चेतना वृद्धि गर्ने अभियान निरन्तर छ’ प्रबन्धक ढुंगानाले भन्नुभयो ।

समाजप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरता कार्यक्रममा दुबै वडामा करिब १ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरू बारे सूचना प्राप्त गर्न पाएको हुँदा कार्यक्रम उपलब्धिमूलक रहेको बताएका थिए ।

बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा माघ १ गतेदेखि चैत्त मसान्तसम्म मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाको दर्ता शुल्क छुट, एटिम सेवाको दर्ता शुल्क छुट लगायत विभिन्न सुविधाहरुका बारेमा शाखाबाट जानकारी लिएर सेवा लिन सकिन्छ । त्यस्तै शाखाले सेवाग्राही सम्मान सहित म्याग्दीमा समेत वित्तिय साक्षरता सहितका कार्यक्रमहरु तय गरेको जनाएको छ ।

Leave a Reply