ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा दक्षिण कोरिया र यूरोपको बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएपछि दक्षिण कोरियाबाट पूर्णगाउँका विश्वास भण्डारी र कमल भण्डारीको पहलमा ६० हजार नेपाली र बेल्यिमबाट भुवन आचार्यको संयोजनमा १ लाख ३० हजार ३६४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको बेनी अस्पताल चोकमा रहेको नमस्ते टेडका सञ्चालन इश्वर आचार्यले बताउनुभयो । उहाँका अनुसार विश्वभर रहेका पूर्णगाउँबासीको पहलमा पीडित रिजाललाई सहयोग जुटाउने कार्य भइरहेको छ ।

Adv

उक्त सहयोग मोवाइल एण्ड इलेक्टोनिक्स संघका अध्यक्ष हेमन्त श्रेष्ठ सहितको टोलीले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन् ।

पीडित रिजालको उपचारमा आर्थिक समस्या देखिएकाले सहयोगका लागि समेत पूर्णगाउँबासीले अनुरोध गरेका छन् । पीडित रिजालका छोराछोरीको शिक्षादीक्षा सहित घरखर्च र उपचारमा अहिले समस्या भइरहेको छ ।बेनीबजारमा समान्य मोवाइल पसल सञ्चालन गरि बसेका रिजालले अहिले पसल नै बन्द गरेका छन् । पीडित रिजालले उपचारमा सहयोगको याचना समेत गरेका छन् ।

Adv

Leave a Reply