म्याग्दीमा बर्षासँगै माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जाडो मौसमको सुरुवात भएपछि पहिलो पटक भएको बर्षासंगै हिमपात भएको हो । बुधबार बर्षासँगै बेनी नगरपालिका, मंगला,मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयबासीले बताएका छन् ।

हल्का बर्षासँगै रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीमा हिमपात भएको मालिका आधारभुत विद्यालयकाशिक्षक राजन बानियाँले बेनीअनलाइनलाई जानकारी दिनुभयो । सामान्य बर्षासँगै सामान्य हिमपात भएको शिक्षक बानियाँले बताउनुभयो । सदरमुकाम बेनीबजारमा सिमसिम पानी परिरहेको छ भने जाडो समेत ह्वात्तै बढेको छ ।

माघ महिनाको पहिलो साता सकिदाँ समेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था बुधबार सामान्य बर्षासँगैको हिमपातले हिमपात किसानले राहत महसुस गरेका छन् । मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन्।

Leave a Reply