राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ बार्षिकोत्सवको अवसरमा बेनी शाखाले उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सवको अवसरमा बुधबार शाखा कार्यालयम बेनीमा आयोजित कार्यक्रममा ४ जना नियमित कारोबार गर्ने सेवाग्राही सम्मानित भएका छन् ।

सम्मानित हुनेमा ब्यवसायीको तर्फबाट होटल याक गलेश्वरका सञ्चालक ताराप्रसाद आचार्य ‘बाबुराम’, बानियाँ गहना पसलका सञ्चालक अमित बानियाँ, र उत्कृष्ट कारोबारकर्तामा मालिका गाउँपालिका–४ ओखरबोटकी गौसरा छन्त्याल, पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीका अमृत लामिछाने रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बिशिष्ट अतिथि बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले उत्कृष्ट सेवाग्राहीलाई खादा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । सोही अवसरमा सम्मानित ताराप्रसाद आचार्य र अमित बानियाँले शाखामा कार्यरत कर्मचारीको ग्राहकमैत्री ब्यवहार, छिटोछरिटो र आधुनिक प्रविधिको प्रयोगले समेत सेवा लिन सहज भएको बताउनुभएको थियो ।

वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले मुलुकनै आर्थिक संकटमा गुज्रिएका बेला राष्ट्रिय बाणिज्य बैंकबाट सवै क्षेत्र र वर्गका सेवाग्राही लाभान्वित भएको बताउनुभयो । प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले वित्तिय संस्थाबाट ग्राहकमैत्री वातावरण बनाउनुपर्ने अवस्थामा राष्ट्रिय वाणिज्य बैंकबाट समेत सिक्न सकिने बताउनुभयो ।

सहज रुपमा कर्जा प्रवाह र बचत कर्तालाई उचित व्याजदर उपलब्ध गराई अहिलेजस्तै ग्रामिण क्षेत्रमा सेवाप्रवाह सहित वित्तिय साक्षरता कार्यक्रमलाई समेत निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रममा बैंकर्स संघ म्याग्दीका उपाध्यक्ष कमलप्रसाद ढुंगाना,पूरानो सेवाग्राही शेरबहादुर केसी,कपडा तथा फेन्सी ब्यवसायी संघका अध्यक्ष दामोदर शर्माले मन्तब्य राख्नु्भएको थियो ।राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रवन्धक नवराज ढुंगानाले आधुनिक सेवा प्रवाहसँगै वित्तिय साक्षरता, समुदायस्तरमै पुगेर घुम्ती सेवामार्फत सामाजिक सुरक्षाभत्ता वितरण समेत गरिएको बताउनुभयो ।

प्रबन्धक ढुंगानाले सेवाग्राहीलाई शाखामा समेत सहजै र घरमै बसेर समेत सेवा लिने गरी वित्तिय साक्षरता सहितका अभियानहरुलाई निरन्तरता दिने बताउनुभयो । बार्षिकोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक ढुंगाना, स्वागत सहायक प्रबन्धक सुवास तिमिल्सिना र सञ्चालन बरिष्ठ सहायक पुजा ढुंगानाले गर्नुभएको थियो ।

Leave a Reply