नेपाल औषधि व्यवसायी संघ म्याग्दीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट शम्भूराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट महासचिव थमन गौतम, कोषाध्यक्ष कुमार बानियाँ सदस्यमा सुस्मिता पौडेल ढकाल रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गदैं नेपाल औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डेले औषधि ब्यवसायी बिचको एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि पाण्डेले औषधि पसलले कानुनी प्रक्रिया पूरा गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

Adv

अधिवेशनमा औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष झलक शर्मा,सदस्य सञ्जीव देवकोटाले मन्तब्य राख्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

Adv

अधिवेशनको अध्यक्षता अमरप्रसाद पाण्डे, सञ्चालन शिव पाण्डे, प्रगति प्रतिवेदन थमन गौतम, आर्थिक प्रतिवेदन कुमार बानियाँले प्रस्तुत गर्नुभएको थियो । म्याग्दीमा विना दर्ता र कानुनी प्रक्रिया पुरा नगरी दर्जनौ औषधि पसल सञ्चालनमा छन् ।

Adv

जिल्लाभित्र औषधि ब्यवस्था विभाग तथा नेपाल सरकारका निकायबाट मान्यता प्राप्त औषधि पसल जम्मा १३ वटा रहेको छ। संघमा कानुनी प्रक्रिया पूरा गरेका औषधि पसलमात्रै आवद्ध हुने प्रावधान रहेको छ । यसैबीच म्याग्दीमा अवैध औषधि पसललाई कानुनी प्रक्रिया पूरा गरी सञ्चालन गर्न माग गदैं नवनिर्वाचति कार्यसमितिले समेत सार्वजनिक अपिल गर्ने जनाइएको छ ।

Leave a Reply