म्याग्दीको सदरमुकाम बेनीबजारको न्यूरोडमा बिहिबार साँझ यूवा समुह बिचको झगडामा एक जना गम्भीर घाईते भएको छन् । बेनी नगरपालिका–८ कामना डेभलपमेन्ट बैंक नजिकै रहेको गल्लीमा खुकुरी प्रहार हुँदा अन्दाजी २२ बर्षिय यूवाको अवस्था चिन्ताजनक रहेको छ ।

साँझ करिब ६ः२० बजे दुई समुह बिचको जम्काभेटमा एक्कासी खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले घटनामा संलग्नको खोजीकार्य तिब्र पारिएको जानकारी दिनुभयो ।

‘खुकुरीले प्रहार गरेपछि यूवाहरुको भागाभाग भएको बताइएको छ । घटनामा एक यूवाको समेत हात र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नहरुको पहिचान अझै खुल्न सकेको छैन् । उक्त घटनामा संलग्नहरुको खोजीकार्यका लागी बेनीबजार तथा आसपासका नाकाहरुमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ ।

Leave a Reply