म्याग्दीको बेनी नगरपालिका-८,बेनीको क्याम्पसचोकमा खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका २२ बर्षिय शुशिल गर्वुजाको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । दुई समुह बिचको झडपमा गम्भीर घाईते गर्बुजाको बेनी अस्पतालमा चिकित्सकले मृत घोषित गरेपछि घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

घटनामा संलग्न रहेका यूवाहरुको खोजीकार्यका लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रनाउ कुँवरले जानकारी दिनुभयो । घटनास्थल आसपासका क्षेत्रका बासिन्दा, सिसीटिभी फुटेज सहित घटनामा संलग्न व्यक्तिको खोजीका लागि बेनीबजार तथा आसपासका क्षेत्रमा समेत प्रहरीको युनिटलाई सक्रिय पारिएको छ । मृतक गर्बुजाको शब जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply