म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहिबार साँझ खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई यूवा समुहबिचको विवादमा धारिलो खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आएका २१ वर्षिय सुशिल गर्बुजाको हत्यामा संलग्नमध्ये चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न धवलागिरी गाउँपालिका–४,का अमृत पुर्जा ,रघुगंगा गाउँपालिका–७,घर भई हाल गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन,धवलागिरी–४,घर भई हाल बेनी बस्ने २१ वर्षिय शंकर घर्ती,मंगला गाउँपालिका–२,हाल बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरिक्षक कुमार गुरुङले बताए ।

प्रेश रिलिज २०८०।१०।१२ गते । (1)

घटनामा संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका चारैजनालाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । घटना दुबैपक्ष बिचको विवाद खुकुरी र चक्कु प्रहारको अवस्थामा पुगेको थियो ।

बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको जनाइएको छ ।

लामो समयदेखि रिसिबीका कारण पटकपटक झडप हुने दुबै समुहका यूवाहरु बिच न्यूरोडमा झडप भएपछि भित्री गल्लीमा खुकुरी प्रहार सख्त घाइते भएका गर्बुजाको शब बेनीअस्पतालको शबगृहमा राखिएको छ । घटनामा संलग्नको पहिचान सहित कडा कारबाहीको माग समेत आफन्तले गरेका छन् ।

 

Leave a Reply