---Advertisement---

शिक्षक भलिबलको उपाधी डनिङ आवासीय र शिख माविको पोल्टामा

On: January 26, 2024 10:20 PM
Follow Us:

‘प्रथम म्याग्दी भलिबल कप प्रतियोगिताको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगिताको उपाधी डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिखले जितेको छ ।

शुक्रबार खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो सेटमा पराजित गरेको थियो भने महिला तर्फ अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले माउण्ट एभरेष्ट आवासीय माविलाई समेत सोझो सेटमा पराजित गदैं उपाधी जितेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

विजेताले क्रमश नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेका थिए । बिजेतालाई गण्डकी प्रदेशकी सांसद बिमला गौचनले पुरस्कार वितरण गदैं शिक्षक बिचको भलिबल प्रतियोगिताले विद्यार्थीको समेत खेल सुधारमा सघाउने बताइन् । प्रतियोगितामा पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागि भएका थिए । यसैबीच छात्र र छात्रा भलिबल शनिबार विहान १० बजे सुरु हुने आयोजकले जनाएको छ । छात्रतर्फ प्रकाश मावि र किसानी मावि बिम, छात्रातर्फ प्रकाश मावि र शिख माबि फाइनलमा प्रवेश गरेका छन् ।