प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं ९ घतानमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । स्थानीय इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य तथा स्थानीय महिलालाई लक्षित गरी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

समुदायस्तरमा वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत कार्यक्रम गरिएको शाखाका कर्मचारी शिवप्रसाद सुबेदीले बताए ।

सहकारीमा आवद्ध महिला सदस्यमार्फत समुदायस्तरमा वित्तिय शिक्षा सहित फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास गर्ने अभियान सञ्चालनमा सहज हुने भएकाले कार्यक्रम गरिएको प्राईम कमर्सियल बैंक बेनी शाखाले जनाएको छ ।

कार्यक्रममा सहकारीमा आवद्ध सेयर सदस्यलाई प्राईम बैंकका बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा कर्मचारीद्धय शिवप्रसाद सुबेदी र नविना केसी कार्कीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहकारी अध्यक्ष शान्ति रोकाले वित्तीय साक्षरता कार्यक्रमले वित्तिय पहुँच र शिक्षालाई सहज बनाएको बताउँदै आगामी दिनमा समेत बैंकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

बैंकले ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरणसँगै सहयोग समेत गर्ने गरिएको शाखा प्रबन्धक मुरारी रिजालले बताए । बैंकले विद्यालय र समुदायस्तरमा निरन्तर वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply