dx sf9b} bfª, % dªl;/ M 3f]/fxL pkdxfgu/kflnsf–!# l:yt df}nfsf]6df 8'Dd/ufpFsf l;/axfb'/ k'gn] Joj;flos ?kdf kfNg' ePsf] df}/Lsf] dx sf9b} . ut jif{ ? ^)) k|ltlsnf]df dx laqmL u/]sf ls;fgn] ef/tLo dx;Fu k|lt:kwf ug{'kbf{ o; jif{ ? %)) k|ltlsnf]sf b/n] laqmL ug{ afWo 5g . tl:a/ M s'nbLk Gof}kfg]÷/f;;

फलेबास नगरपालिका– १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको हो । स्थानीय मिनप्रसाद शर्माले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फार्मलाई स्रोतकेन्द्रका रुपमा विकास गरिएको हो । पेसाले शिक्षकसमेत रहनुभएका शर्माले विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँले मौरीको घार विस्तारका लागि शाही घारसमेत बनाउँदै आउनुभएको छ । उहाँले मौरीका नयाँ रानो उत्पादन गर्न थाल्नुभएको छ । मौरीपालनसम्बन्धी विभिन्न तालिम लिएपछि उहाँले शेरेना जातको मौरीको नयाँनयाँ रानो उत्पादन गर्न थाल्नुभएको हो । १० वर्षअघि एउटा मौरीको घारबाट व्यवसाय सुरु गर्नुभएका शर्माको फार्ममा अहिले दुई सय घार पुगेका छन् ।

उहाँले महमात्र नभएर मौरीसहितका घारसमेत बिक्री गर्दै आउनुभएको छ भने कृषकलाई आवश्यक तालिम प्रदान गर्दै आउनुभएको छ । आफ्नै बारीमा दुःख गर्ने हो भने विदेश जानुपर्दाे रहेनछ भन्ने उदाहरण आफ्नो पेसाले देखाएको शर्माले बताउनुभयो । मौरीको स्रोतकेन्द्रकैरुपमा विकास भएपछि उहाँलाई कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलेसमेत अनुदान तथा तालिम दिँदै आएको छ ।

कुर्घा गाउँ दक्षिणतर्फ फर्केको साथै यहाँको हावापानी र मौसम मौरीका लागि उपयुक्त रहेको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । पैँयु, तोरी, विभिन्न फलफूललगायत मौरीका लागि चरन क्षेत्रसमेत प्रशस्त रहेकाले यहाँ मौरीपालनको सम्भावना उच्च रहेको उहाँको भनाइ छ । रेग्मीले व्यावसायिकरुपमा मौरीपालन गर्न चाहने कृषकलाई निर्देशनालयबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो ।

कृषक शर्माले वार्षिक १० क्विन्टलभन्दा बढी मह, मौरीको गोलासहित घार र खाली घार बिक्री गर्दै आउनुभएको छ । मौरीका लागि आवश्यक खाद्यपदार्थ अर्थात् चास्नी आफँै उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । शर्माले मौरीपालनबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताउनुभयो । “यो पेसामा हात हालेपछि पर्याप्त कमाइ भएको छ”, उहाँले भन्नुभयो, “कसैले विदेश नगइकन मौरीपालन व्यवसाय गर्न चाहन्छ भने म वार्षिक आफूले नै कमाएजति कमाउने उपाय बताइदिने र सहजीकरण गर्ने जिम्मा लिन्छु ।”

शिक्षण पेसाबाट बचेको समयलाई सदुपयोग गरेर शर्मा जिल्लाकै नमुना मौरीपालक कृषक बनेको गण्डकी प्रदेशका निर्देशक रेग्मीले बताउनुभयो । यो क्षेत्रमा लगनशील भएर मौरीपालनसँगै फलफूलखेती गर्ने हो भने कोही पनि युवा बेरोजगार हुनुपर्ने वा विदेश जानु नपर्ने रेग्मीको भनाइ छ ।

त्यस्तै अर्का कृषक उमकान्त शर्माले ८० घारमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक छ सयदेखि आठ सय किलोसम्म मह उत्पादन हुने गरेको बताउनुभयो । उहाँले गतवर्ष मह र मौरी बिक्री गरेर रु १० लाख आम्दानी गरेको बताउनुभयो । “मौरीपालन व्यवसायले सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवार सबै यही पेसामा रमाएका छौँ ।” गाउँमै स्रोतकेन्द्र स्थापना भएपछि थप सहज हुने उहाँको भनाइ छ ।

फलेबास नगरपालिकाका विभिन्न वडामा गरी वार्षिक २० टन मह उत्पादन हुने कृषि शाखा प्रमुख केदार सापकोटाले बताउनुभयो । नगरपालिका क्षेत्रमा करिब दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

Leave a Reply