म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ३ जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।

७१ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा चालु आवमा नयाँ बिरामी ३ जना सहित गतबर्षका नियमित औषधी सेवन गर्ने २ जना गरी ५जना कुष्ठरोगील औषधि सेवन गर्ने गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीले बताए ।

नयाँ र पुरानो बिरामीले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र बेनी अस्पतालमा २ जना र केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेका छन् । १ भन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दी समेत परेकाले जनचेतनामुलक अभियान र कुष्ठरोगीका बारेमा गलत सन्देशहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको छ ।

गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै ० दशमलव १९ रहेकोे तथ्याङ्कले देखाएको छ।गण्डकी प्रदेशमै प्रति १ लाख जनसंख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी २ दशमलव ७९ रहेको छ । १ प्रतिशतभन्दा माथी कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राख्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताए ।कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ ।

कार्यक्रममा बेनी अस्पतालका कन्सल्टेन्ट सुपरिटेन्डन डा. नितेश श्रेष्ठ, स्वास्थ्य कार्यालयका लेखा अधिकृत तेजप्रसाद पौडेल, कोल्डचेन सुपरभाइजर बिरेन्द्रकुमार चौधरी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थिया े।

Leave a Reply