गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका म्याग्दीका प्रा.डा.रवि मल्ललाई काठमाण्डौमा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको छ ।

काठमाण्डौको सामाखुसीमा नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समिति, रघुगंगा दिदीबहिनी समुह, धनराज मल्ल समाज राखुले कार्यक्रम गरी सम्मान गरेको हो । लामो समयदेखि मुटुरोगको क्षेत्रमा सक्रिय डा.मल्ललाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, आयोजक संस्थाका प्रतिनिधिले सम्मान ज्ञापन गदैं सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गर्बुजाले मुटुरोगसम्बन्धि समस्यालाई समाधान गर्न समयअनुकुल स्वास्थ्य शिविर सहित सेवाप्रवाहमा समेत सहज सहज हुने बताएका थिए । सोही अवसरमा निर्देशक प्रा.डा मल्लले आफुँ नियुक्ती भएपछि सेवाप्रवाहसम्बन्धि केही सुधारका योजना सहित बिरामीलाई लामो समयसम्म अस्पताल आसपासमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले बिरामीको चेकजाँच, रिर्पोट तथा उपचारका अन्य विधि, नयाँ उपकरण सहित सेवा विस्तार आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिका सभापति चित्र केसीले म्याग्दीमा शिविरमार्फत मुटुको समस्या पहिचानका शिविरमा संस्थागतरुपमा सहयोग गर्ने बताए । डा.मल्ल कार्डियो इन्टरभेसनल विशेषज्ञ हुन्।यो विशेषज्ञ अन्तर्गत कोरीनरी एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवाका विज्ञ मानिन्छ।

सम्मान कार्यक्रमको अध्यक्षता धनराज मल्ल समाजका अध्यक्ष सोमबहादुर मल्ल, स्वागत रघुगंगा दिदीबहिनी समुहकी सावित्री मल्ल र सञ्चालन जिबनकुमार मल्लले गरेका थिए ।

Leave a Reply