पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल,म्याग्दी बहुमुखी क्याम्पस ईकाइ समितीको छैठौ अधिबेशनबाट प्रेमबहादुर जिसीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

उपसभापति देबराज शर्मा,सचिब नारायण पौडेल,सह–सचिब बिष्णु आचार्य,कोषाध्यक्ष मेघा रिजाल रहनुभएको छ । कार्यसमिति सदस्यहरुमा हिरा बहादुर बरूवाल,ज्ञानेन्द्र सुबेदी,मदन सुबेदी र मनिता रायमाझी रहेको सचिव नारायण पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको अवसरमा एमफिल्ड उपाधी हासिल गर्नुभएका निर्वतमान क्याम्पस प्रमुख सह–प्राध्यापक टिकाराम सापकोटा र सा.प्राध्यापाक हिराबहादुर बरुवाललाई सम्मान गरिएको थियो ।

अधिवेशनको उद्घाटन गदैं क्याम्पस प्रमुख गोरख जिसीले प्राध्यापकबिचको एकता र सहकार्यसँगै शैक्षिक गुणस्तरका कार्यहरुमा नयाँ कार्यसमितिको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

बिशिष्ट अतिथि श्रीधर सुबेदी लगायत ४२ प्रध्यापक सहित ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । निर्वतमान अध्यक्ष नारायणप्रसाद सुुबेदीको अध्यक्षता, प्रेम जिसीको स्वागत मन्तब्य र देबराज शर्माको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply