म्याग्दीको सदरमुकाम बेनीबजारमा गएको बिहिबार साँझ खुकुरी प्रहारी गरी हत्या गरिएका यूवाको सोमबार धार्मिक परम्परा अनुसार अन्तेष्टी गरिएको छ ।

विदेशमा रहेका बुबा र दिदी आएसँगै रघुगंगा गाउँपालिका–१ बेगखोलाको घाटमा अन्तेष्टी गरिएको परिवारका सदस्यलाई उद्धित गदैं वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो ।दुई यूवा समुहबिचको विवादमा धारिलो खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आएका २१ वर्षिय सुशिल गर्बुजाको ज्यान गएको थियो ।

घटनामा संलग्नमध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ भने थप संलग्नको खोजीकार्य भइरहेको छ। मृतकका परिवारले घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले किटानीजायरीमा रहेका संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको बताउनुभयो ।

घटनामा संलग्नहरूलाई जिल्ला भित्र र देशैभरीका प्रहरीमा सर्कुलर समेत गरी खोजी भइरहेको छ । पक्राउ गरिएका जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी कर्र्तब्यज्यान अन्तरगत अनुसन्धान भइरहेको छ । अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको थियो ।

Leave a Reply