बेनी नगरपालिका-४, सिंगास्थित धौलागिरी माविमा प्रा.डा. बोजिन्द्र तुलाचनले ५० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गर्नुभएको छ । जन्मगाउँमा आएका दक्षिण कोरियाको खाङ्स विश्वविद्यालय र क्याल्भिन विश्वविद्यालयका प्रोफेसर डा.तुलाचनले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई ४० हजार बराबरको स्टेशनरी, खेलकुद साम्रागी गर्नुभएको हो ।

त्यस्तै बहिरा कक्षामा अध्ययनरत विद्यार्थीलाई १० हजार नगद सहयोग हस्तान्तरण गरेको विद्यालयका प्रअ भुवनप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका डा. तुलाचनले विद्यार्थीलाई मोटिभेसन कक्षा समेत सञ्चालन गर्नुभएको थियो । बि.स २०५१ सालमा विद्यालयबाट एसएलसी उत्र्तिणा गर्नुभएका डा. तुलाचनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकले समेत अनुसन्धान तथा दैनिकीमा सुधार गर्नुपर्ने बताउनुभयो ।

पूरानै मोडेलबाट हुने पठनपाठनले विद्यार्थीमा सुधार नआउने भएकाले इन्टर्नसिप तथा विषयबस्तु अनुकुलका प्रयोगात्मक अभ्यासलाई समेत जोड दिनुभयो । त्यस्तै विद्यार्थीलाई समेत पहिलो लक्ष्य शैक्षिक बनाएर मेहनत गर्न समेत सुझाव दिनुभयो।

सहयोग हस्तान्तरणको अवसरमा विद्यालय परिवारले स्वागत तथा सम्मान समेत गरेका थिए । डा.तुलाचनले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर,आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकास र सहयोगमा स्नातकोत्तर,मानव संसाधन व्यवस्थापनमा पीएचडी तथा आजु विश्वविद्यालयका भिजिटिंग स्कलर समेत हुनुहुनछ ।

Leave a Reply