नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले सहिद दिवकास अवसरमा दिप प्रज्वलन गरेको छ । बेनीबजारको बिरेन्द्रचोकमा सहिदहरुको सम्झानामा एक कार्यक्रम गरी दिप प्रज्वलन गरेको हो ।

कार्यक्रममा सम्बोधन गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झना गर्नुपर्ने बताउनुभयो । नेपाली जनताको मुक्तीका लागि फरक समयमा भएका आन्दोलनमा सहिदको साहस र त्यागको हरेक नेपालीले सम्झनुपर्ने बताउनुभयो ।

बिरेन्द्रचोकमा नेपालको झन्डा र नेपालको चुच्चे नक्सा बनाएर सहिदको तस्वीर गरिएको कार्यक्रममा नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायत सर्वसाधारणको समेत उपस्थिती रहेको थियो । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका अध्यक्ष लक्ष्मण पाठक, स्वागत उपाध्यक्ष संगीता क्षत्री,सञ्चालन सचिव टिकाराम रिजालले गर्नुभएको थियो ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । यसअगाडी समेत लघुवित्त बैंकर्स संघ बेनीमा आवद्ध १८ संस्थाले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको एकता दिवस समेत मनाएका थिए ।

 

 

Leave a Reply