म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा स्पेनको बार्सिलोनाबाट १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । करिब दुई महिनादेखि भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरकोमा उपचारार्थ मोनिकालाई स्पेनमा रहनुभएका पात्लेखेतबासी मन रोकाको पहलमा १ लाख १५ हजार ७ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

पाटन एकेडमी अफ हेल्थ साइन्सेजको ब्लर्ड क्यान्सर यूनिटका कार्यरत रजिष्टर नर्स मोनिकाको शरीरमा अचानक समस्या देखिएपछि उपचारको क्रममा हड्डीको क्यान्सर भएको चिकित्सकले बताएपछि थप उपचारका लागि भारत रिफर गरिएको थियो । आर्थिक संकलनकर्ता मन रोकाले सहयोगदातालाई धन्यवाद दिदंै मोनिकाको शिर्घ स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी पाइजाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि बुबा ओमबहादुर पाइजाले सहयोगका लागि अपिल गरेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएको थियो । मोनिकाको उपचारमा विदेशमा रहेका पात्लेखेतबासीले अभियान सञ्चालन गरेका छन् । मोनिकालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत अभियान तथा सहयोग गरिरहेको छ ।

Leave a Reply