म्याग्दीको सदरमुकाम बेनीमा सोमबार पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फेमिली पिस एशोसियसन नेपाल र मिलन म्याग्दीको संयुक्त आयोजना, बेनी नगरपालिका तथा वडानम्बर ७ बेनीको समन्वय र सहकार्यमा अभिमुखीकरण गरिएको हो ।

‘समृद्ध, सुखी, शक्तिशाली र शान्तिपूर्ण राष्ट्रको आधार, आदर्श परिवार’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । फेमिली पिस एशोसियसन नेपालले समाजमा रहेका बिकृति र विसङ्गतिको विरुद्धमा सेवामूलक, चेतनामूलक, शिक्षामूलक र नेतृत्व विकासका विभिन्न कार्यक्रमहरु नेपालभर सञ्चालन गर्दै आइरहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले परिवारमा आएको विभिन्न विलचनले समुदायमा प्रभाव पार्ने गरेको बताउँदै परिवार तथा समुदायमा पर्न सक्ने असरको न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न कारणले गर्दा परिवार, समुदाय र राष्ट्रमा समेत असर पुगेको भन्दै पारिवारिक विचलन वा अन्य कारणले पर्ने असर घटाउन सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले पारिवारिक मूल्यमान्यतासँग सम्बन्धित विभिन्न रचनात्मक कार्यक्रमहरुलाई समुदायस्तरमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले परिवारभित्र आइपर्ने समस्याको असर प्रत्यक्ष रुपमा समुदायमा परेको हुँदा यसको न्यूनीकरणमा नगरपालिकामार्फत सबै वडास्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न माग गर्नुभयो ।

कार्यक्रममा फेमिली पिस एशोसियसन नेपालका उपाध्यक्ष ध्रुवप्रसाद लामिछानेले पारिवारिक मूल्यमान्तासम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले समाजमा देखिएका बिकृति, विसङ्गतिहरु जस्तैः भ्रष्टाचार, अनाचार, दुराचार, अन्याय, हत्या, हिंसा, पारिवारिक विखण्डन, पारपाचुके, झै–झगडा, कलह, लागूपदार्थ तथा नशा सेवन, गरिबी, भोकमरी, अशिक्षा जस्ता विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । यी र यस्ता जटिल समस्याहरुको समाधान घर परिवार, टोल र छिमेकबाट गर्न सकिने भएको हुँदा सबैले सु–संस्कार भएको भगवान्केन्द्रीत परिवारबाट गर्न सकिने उपाध्यक्ष लामिछानेको भनाइ छ ।

कार्यक्रममा फेमिली पिस एशोसियन नेपालका सदस्य गोमा पराजुली र फिल्ड संयोजक भूपेन्द्र भण्डारीले परिवारको मूल्यमान्यता र महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनपा–७ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको स्वागतमा सम्पन्न कार्यक्रमको सामाजिक सुपरिवेक्षक छवि पूर्जाले सञ्चालन गर्नुभएको थियो । hotel everest

Leave a Reply