म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्नप्रथम म्याग्दी भलिवल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए । खुल्लामञ्चबाट नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएकाले अघिल्लो दिन शिक्षक बिचको खेल खेल्न पुगेका बेनी नगरपालिका–९,गलेश्वर आर्दश माविका प्रधनाध्यापक खगेन्द्र जिसीको पर्स सहित १२ हजार चोरी गरेको रहस्य खुल्यो ।

Adv

hotel everest

पैसा निकालेर पर्स खुल्लामञ्चको पछाडी फालेको अवस्थामा भेटियो ।प्रहरीले महत्वपूर्ण कागज सहितको पर्स र नगद जिसीलाई हस्तान्तरण गरे । प्रहरीले शनिबार नियन्त्रणमा लिएका दुई बालक अहिले प्रहरी कार्यालयभित्र छन् । यो एक प्रतिनिधिमुलक घटना मात्रै हो । प्रहरीमा रहेका बालकले आफ्नो समुहमा ८ देखि १५ बर्ष उमेर समुहका ७ जना रहेको बताउँछन् ।

उनीहरू चोरीमा संलग्न भएका घटनाले प्रहरी समेत आजित भएको छ । जिल्ला प्रहरी कार्यालयको प्राङ्गनमा भेटिएका उनीहरूले चोरी गरेको पैसा नसकिदाँसम्म घरमा समेत जादैनन् ।

म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा बालबच्चाहरु चोरीको घटनामा संलग्नता भेटिएपछि प्रहरी र अभिभावक आजित छन् । बेनीबजार, पर्वतबेनीमा चोरीका घटनाका पीडित आउनेमा धेरै बालक नै संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘बालबालिका भएकै कारण मुद्धा चलाउँन मिल्दैन,सुधार केन्द्रमा पठाउन अभिभावकको समेत साथ चाहिन्छ’प्रनाउ कुँवरले भने । प्रहरीका अनुसार बालबालिकाहरु चोरी गर्न पल्कनुमा अरुले उक्साएर लगाएर नभई आफैँ संलग्न भएको बताए ।

प्रहरीले अभिभावकलाई जिम्मा लगाएर छोडेको भोलिपल्टै पुनःचोरी गरेको समेत भेटिएको छ । ठूला पसलभन्दा स–साना पसल तथा ब्यक्तिको घर, सार्वजनिक स्थानमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

बेनीबजारमा पछिल्लो एकबर्षको अवधिमा घटेका चोरीका घटनामा ब्यक्तिको घर,पसलका ढोका फुटाएर चोरी भएका घटनामा संलग्नमध्ये ९ देखि १५ बर्षसम्मका बालबालिका बढी छन् ।

जिल्ला प्रहरी कार्यालयले नै धेरैपटक बालकसँग भेटिएको नगद, घडी, मोबाइल जस्ता प्रयोगका वस्तुहरु फिर्ता गरेको छ । चोरीमा धेरै पैसा पाएमा उनीहरु प्रयोग नहुने भवनमा गएर रमाइलो गर्ने गरेको समेत पाइएको छ ।

उमेर कम भएका बालबालिकालाई चोरी गर्नु अपराध हो भन्ने परामर्श गरेर पठाएको प्रहरी रेकर्डमा देखिन्छ ।बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तहले सक्रियता बढाउनुपर्ने र अहिलेको अवस्थामा बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाका भविस्यमा पेसेबर भएर निस्कने जोखिम रहेको बालबालिकाको क्षेत्रमा कार्यरत जानकारहरु बताउँछन् ।

Leave a Reply