विद्यालयका विद्यार्थीको अभिभावक सिकिस्त बिरामी भएपछि सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका विद्यार्थीले आर्थिक जुटाएर सहयोग गरेका छन् ।

ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा विद्यालयको बाल क्लव, येआरसी र इको क्लवले १७ हजार ५ सय रुपैयाँ संकलन गरी घरमै पुगेर हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताए ।

पीडित रिजालका छोराछोरी विद्यालयको यूकेजी र कक्षा २ मा अध्ययनरत छन् । लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि विद्यार्थीले नै सहयोग संकलन गरेका थिए ।

Adv

आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन्। पीडित रिजालले उपचारमा विद्यालयले समेत सबै समक्ष सहयोगको याचना समेत गरेको छ ।

Leave a Reply