ठूलो आन्द्रामा समस्या भएका म्याग्दीका एक यूवालाई लायन्स क्लव अफ बेनी मल्लाजले आर्थिक सहयोग गरेको छ । ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा क्लवले ४५ हजार आर्थिक सहयोग गरेको हो ।

क्लवका अध्यक्ष चन्द्रबहादुर क्षत्री ‐बाबु) सहित क्लवको टोली घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष किरण कार्कीले बताए। पीडित रिजालको श्रीमति र छोराछोरी छन् । लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ ।

आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन्। पीडित रिजालले उपचारमा सहयोगको याचना समेत गरेको छ ।

Leave a Reply