---Advertisement---

जनप्रिय माविमा ग्रिन डेभलेपमेन्ट बैंकको वित्तिय साक्षरता कार्यक्रम

On: February 1, 2024 12:13 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङस्थित जनप्रिय माविमा ग्रिन डेभलेपमेन्ट बैंक लिमिटेडवित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यार्थीलाई वित्तिय ज्ञान सहित समुदायमा समेत बैंकिङ कारोबारका बारेमा जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक हरि अधिकारीले सहजीकरण गरेका थिए ।

उक्त कार्यत्रमहरूमा बैंकिङ सेवा सुविधा,डिजिटल बैंकिङ प्रविधि, बचत खाता, कर्जा लगानी, अवैध कारोबार हुन्डीबाट हुने राज्यलाई घाटा, सजायका बारे तथा इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत विभिन्न वित्तिय सेवासँग सम्बन्धित कानुनी ज्ञानका बारेमा समेत जानकारी गराइएको शाखाका कर्जा प्रमुख शिव आचार्यले बताए ।

वित्तिय साक्षरता कार्यक्रमका बेनी शाखा प्रमुख अमृतकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक दिवाकर सुबेदी, शिक्षक नगेन्द्र खत्री, शाखाका टेलर गणेश अर्याललगायत करिब १ सय २० जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा ब्यवस्थापन संकायका विद्यार्थीले शाखामा इन्टन गर्न चाहेमा समेत अवसर रहेको जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी नबिन रोका, निशा सुनारले कार्यक्रम निकै उपयोग भएको र वित्तिय संस्थासँग जोडिएर ज्ञान आर्जन गर्ने बताएका थिए । वित्तिय साक्षरता कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक युराजा पुनले सञ्चालन गरेका थिए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।