मनकारी मान्छे भए विपन्नको उपचार सम्भव छ भन्ने एउटा गतिलो उदाहरण बनेकी छन् पर्वत जलजला गाउँपालिका–४,लामाखेतकी रसिला दमाई । गएको पुस २० गते लामाखेत नजिकै भिरमा घाँस काटिरहेको बेला अचानक भिर बाट लडेर गम्भीर घाईते भएकी रसिलाको उपचारमा आर्थिक अभाव भयो । गण्डकी मेडिकल कलेजमा पुर्याइएकी रसिलाको शल्यक्रिया सहित उपचारमा आर्थिक अभावका कारण रोकियो ।

लामाखेतमा सुम्कुम्बासी जिवन विताइरहेकी रसिला दमाईको मेरुदण्डमा गम्भीर चोट लागेको खवर २७ गते स्थानीय यूवा सुमित परियारले बेनीअनलाइनलाई जानकारी गराएपछि रसिलाको उपचारमा आर्थिक अभियान सुरु भयो ।

गण्डकी मेडिकल कलेजको बेड नं २७ मा उपचारार्थ रसिलाको मेरुदण्डसँगै घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको समाचार सार्वजनिक भएलगत्तै पत्रकार सुरेश हमाल, क्रोसियाबाट आशिष परियार, जलजलाका साजन परियार अभियानमा जोडिएपछि आर्थिक सहयोग जुट्न थाल्यो ।

करिब २ लाख खर्चको अनुमान सहित सुरु भएको रसिला उपचार अभियानमा ३ लाख ७० हजार आसपास संकलन भएकोमा १ लाख ९९ सय हजार खर्च भयो ।

अस्पतालमा अलपत्र परेकी रसिलाले सहयोग जुटेर उपचारपछि घर फर्किदा भाबुक भएकी छन् ।अर्काको घरमा काम गरेर घरखर्च चलाउने गरेकी रसिलालाई स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले नै उपचार सम्भव भएको छ।

‘सहयोग नजुटेको भए मेरो अन्तिम दिन अस्पताल नै हुन्थ्यो,‘अब घरमा जाने भएको छु, आराम गरेपनि छोराछोरीको साथमै हुन्छु, यो सबै सहयोग गर्नेहरुबाट सम्भव भएको हो’ रसिलाले भनिन् । उनले दोस्रो जन्म सहयोगदाताकै सहयोगबाट सम्भव भएको बताउँदै उनले दुखीगरिब बिरामी हुदाँ सहयोग नभए बाँच्न गाहे हुने बताइन् । उनले उपचारका लागि पैसा नभएको अवस्थामा छोराछोरीको चिन्ताले सताइरहेको समेत स्मरण गरिन् ।

उनले उपचारमा सहयोग जुटेपछि मात्रै घर फर्किन सम्भव भएको समेत बताइन् । उनले गरिब र विपन्नहरु अस्पतालमा छटपटाइरहेको देखेपछि उपचारमा सहयोग नभए गरिबका छोराछोरीको उपचार सम्भव नहुने अवस्थालाई नजिकबाट महसुस गरेको बताइन् । रसिलाको दुई छोराछोरी छन भने श्रीमान रोजगारीका लागि भारतमा छन् ।

आर्थिक अभावका कारण गण्डकी अस्पतालमा १५ दिनसम्म अलपत्र परेकी रसिलाका श्रीमान समेत भारतमा दुर्घटनामा परेर सहयोग जुटाएर उपचार गरिएको थियो । उनले उपचारपछि निको भएर मजदुरी गरी छोराछोरीलाई पाल्नुपर्ने बाध्यता रहेको बताईन् । अस्पतालको सैया फर्किने बेलामा भक्कानिदै सहयोग गर्नेलाई जिवनभर नबिर्सिने बताइन् । रसिलालाई पत्रकार सुरेश हमालले अस्पलाबाट घर पठाएका थिए ।

Leave a Reply