Saturday, May 4, 2024
20.1 C
Beni
20.1 C
Beni
Saturday, May 4, 2024
Home स्थानिय समाचार मुस्ताङ समाचार मुस्ताङको लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा हिमपात

मुस्ताङको लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा हिमपात

0

हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । मौसम परिवर्तनसँगै आज बिहानैदेखि लोमान्थाङ गाउँपालिकाको छोसेर, छोन्हुप तथा मुक्तिनाथ क्षेत्रमा हिमपात परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित मुक्तिनाथ आसपासको क्षेत्रमा करिब आधा फिटसम्म हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोन्हुप र छोसेरलगायत स्थानमा पनि हिमपात भएको छ । अहिले पनि मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भैरहेको प्रहरीले जनाएको छ ।

वर्षासँगै हिमपात भएपछि मुस्ताङमा अत्यधिक चिसो समेत बढेको छ भने डाँडाकाँडा सेताम्य देखिएका छन् । वर्षा र हिमपातको कारणले मुस्ताङको तापक्रम क्रमशः माइनसतर्फ गैरहेको जनाइएको छ ।

चिसो बढेपछि मुस्ताङका स्थानीयवासी घरभित्रै आगो बालेर तापिरहेका छन्भने चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

Leave a Reply

You cannot copy content of this page