पर्वत: स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ ।

जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।

जलजला गाउँपालिकाले पछिल्लो समय कृषि र शिक्षाको क्षेत्रमा धेरै काम गर्दै आएको छ । कृषि र शिक्षा क्षेत्रको विकास नगरिकन पालिकामा सुशासन र समृद्धि हासिन गर्न नसकिने भन्दै पालिकाले ठूलो बजेट यस क्षेत्रमा खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply