ठूलो आन्द्रामा समस्या भएका म्याग्दीका एक यूवालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा कोषको ब्याजबाट १५ हजार कार्यसमिति सदस्य मिना राम्जालीले पीडितका मामा ठकराज आचार्यलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख डकबहादुर रोकाले बताए ।

ओमकुमारी शान्ति कोषले पीडितको उपचारमा समेत सहयोगको अपिल गरेको छ । पीडित रिजालको श्रीमति र छोराछोरी छन् । लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ ।

आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन्। पीडित रिजालले उपचारमा सहयोगको याचना समेत गरेको छ ।

Leave a Reply